arrow

समुदायमा कांग्रेस अभियान

स्थानीयका पीर–मर्का बुझ्न कांग्रेस समुदायमा,  फरक टोली फरक जिल्लामा [सूचीसहित]

महामन्त्री थापाको कार्यक्रम लम्बियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
gagan-thapa-sambad-2080-10-.jpg
तस्बिर – जनगुनासो सुन्दै गगन थापा ।

काठमाडौँ । नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम शनिबारदेखि शुरु भएको समुदायमा कांग्रेस अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिइसकेको अवस्थामा अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न पार्टीले अर्को टोली बनाएको छ । 

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै फरक-फरक टोली बनाएको जनाएका हुन् । टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक रहनु छन् । 

तोकिएका जिल्लाहरुमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने जनाइएको छ । टोली माघ १६ गते शहीद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेसमेत उल्लेख छ ।

यस्तो छ सूची–

कोशी प्रदेश
१) डा शेखर कोइराला - झापा र सुनसरी 
२) डा नारायण खड्का - संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा 
३) बलबहादुर केसी - मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर 

मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा तथा बागमतीको सिन्धुली र मकवानपुर । 
२) महालक्ष्मी उपाध्याय ‘डिना’  - बारा, पर्सा, रौतहट र सर्लाही तथा बागमतीको धादिङ र चितवन ।l

बागमती प्रदेश
१) डा मिनेन्द्र रिजाल- काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा 
२) पुष्पा भुसाल - ललितपुर, भक्तपुर, रामेछाप र दोलखा 

गण्डकी प्रदेश
१) महेन्द्र यादव - तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर 
२) प्रदीप पौडेल - कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ 

लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधी - रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा 
२) डा डिला संग्रौला - कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी 

कर्णाली प्रदेश
१) डा शशांक कोइराला - दैलेख, सल्यान र सुर्खेत 

सुदुरपश्चिम प्रदेश
१) भिष्मराज आङ्देम्बे - कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कंचनपुर । 

केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान नराखिएको पनि मुख्यसचिव पौडेलले जनाएका छन् । 

मेची पुलबाट गगनले थाले संवाद यात्रा

यसअघि कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ झापाको मेची पुलबाट शुरु भएको थियो । यही अभियानकै क्रममा महामन्त्री गगनकुमार थापा यहीबाट हुलाकी मार्गका नागरिकसँग संवाद यात्रामा निस्किएका हुन् । 

महामन्त्री थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री एवं राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कृष्णप्रसाद सिटौला र १४ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल सहितका नेताहरु झापाको संवाद यात्रामा जोडिएका थिए । 

पार्टीका कार्यकर्ताहरू र स्थानीयको गुनासो र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा थालेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १३ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको हो । महामन्त्री थापाको संवाद यात्राको तालिका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् । 

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । उनको नयाँ कार्यतालिका पनि सार्वजनिक गरिएको छ । 

यसअघि पार्टी मुख्यसचिव पौडेलले दुई दिनको कार्यक्रम बनाएका भए पनि अहिले आएर माघ १५ देखि १८ गतेको कार्यक्रम पनि तय भएको छ । 

जसमा १५ गते सप्तरीकै विभिन्न स्थानमा सहभागी हुनेछन् । त्यस्तै १६, १७ र १८ गते धनुषाका विभिन्न स्थानमा कार्यक्रम राखिएको छ । 

संवाद यात्रा माघ २६ गतेसम्म नै लम्बिएको छ । मेचीबाट शुरु भएको उनकाे यात्रा महाकालीमै पुगेर टु‌ंगिने उनको सचिवालयले जनाएको छ । ‘स्थानीयका धेरै कुरा सुन्ने, आफूले कम बोल्ने’ नीति नेता थापाले अवलम्बन गर्नेछन् । 

केन्द्रीय प्रतिनिधि जिल्लास्तरमा

अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिएका छन् । केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै ६७४३ वटै वडामा प्रतिनिधिहरू खटिनेछन् ।

अभियान माघ २६ गतेसम्म चल्ने कांग्रेसले बताएको छ।

यी हुन् स्थानीय तहमा खटिएका केन्द्रीय नेताहरु –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ