arrow

अस्थिर बन्दै माल्दिभ्स, संसदमै भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
maldives-parliament-debate.jpg

माले । माल्दिभ्सको संसदमा भिडन्त भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जूले बोलाएको विशेष अधिवेशनको कारबाही अवरुद्ध पार्ने क्रममा माल्दिभ्सको संसदमा झडप भएको हो । 

माल्दिभ्सको संसदमा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको माल्दिभ्सका समाचार संस्थाहरूले जनाएका छन् । सन अनलाइनका अनुसार  राष्ट्रपति मोहम्मद मुइज्जूको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो । 

समाचार अनुसार संसदमा मतदान हुनु अघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को विरोधमा पीपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए । 

समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको छ, जसमा एमडीपी सांसद इसा र पीएनसी सांसद अब्दुल्ला शाहीम अब्दुल हकिम झगडा गरिरहेको देख्न सकिन्छ। 

भिडियो फुटेजमा शहीमले इसाको खुट्टा समातेर भुइँमा खसाएको र त्यसपछि ईसाले शहीमको घाँटीमा लात हाने र कपाल तानेको देखिन्छ । घटनामा घाइते भएका सांसद शाहीमलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ ।

सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् । यसबारे उनले स्वीकृति नदिनु भनेको सरकारको काममा बाधा पुर्याउने प्रयास भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ