arrow

युद्धका कारण रायनएयरको नाफामा भारी गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
ryanair.jpg

काठमाडौँ । युद्धका कारण आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर)को नाफामा भारी गिरावट आएको छ । 

कम्पनीले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ  ।

सन् २०२३ को अन्तिम तीन महिनामा अघिल्लो वर्षको तुलनामा एक करोड ४८ लाख युरो (एक करोड ६० लाख अमेरिकी डलर) खुद नाफा घटेको निगमले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी माइकल ओलेरीले रायनएयरले वार्षिक खुद नाफा एक अर्ब ८५ करोड र एक अर्ब ९५ करोड युरोमा सीमित हुने बताउनुभएको छ । 

कम्पनीले आफ्नो नाफा १.८५ अर्बदेखि २.०५ अर्ब यूरोको बीचमा रहने अनुमान गरेको थियो ।

“यो मार्गदर्शन र पूर्ण वर्षको परिणाम समूहको वर्तमान चौथो त्रैमासिकमा अप्रत्याशित प्रतिकूल घटनाहरूबाट बच्नमा धेरै निर्भर रहन्छ,” ओलेरीले आय विवरणमा थपे । 

उनले युक्रेन युद्ध, इजरेल–हमास द्वन्द्व र बोइङको आपूर्तिमा थप ढिलाइजस्ता जोखिम रहेको बताए । 

तेस्रो त्रैमासिकमा रायनएयरको इन्धन लागत ३५ प्रतिशतले बढेको छ भने करको लागत १७ प्रतिशतले वृद्धि भएको छ ।

उच्च औसत भाडाको बावजुद यात्रुहरूको सङ्ख्यामा सात प्रतिशतले बढेर ४१.४ चार करोड १४ लाख पुगेको छ जसले उच्च तलब जस्ता अन्य बढ्दो लागतहरू रोक्न मद्दत पु¥याएको छ । 

एयरलाइन्सको चौथो त्रैमासिक वा जनवरी–मार्च अवधि परम्परागत रूपमा सबैभन्दा कमजोर हो ।

ओलेरीले अमेरिकी विमान निर्माता कम्पनी बोइङले डेलिभरीमा हुने ढिलासुस्ती र गुणस्तर सुधार गर्न थप काम गर्नुपर्ने आफ्नो लक्ष्य रहेको दोहोर्‍याए । 

बोइङका एक उच्च अधिकारीले अलास्का एअरलाइन्सको मध्यउडान ‘डोर प्लग’ को विस्फोटले निम्त्याएको समस्याका लागि माफी मागे । 

बोइङको कमर्सियल प्लेन युनिटका कार्यकारी प्रमुख स्टान डिलको यो टिप्पणी बोइङमाथिको गहन जाँचमा केन्द्रित भएको र सुरक्षा जाँचका लागि आफ्ना विमानहरू ग्राउन्डेड गरेको घटनाको तीन हप्तापछि आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ