arrow

गगन–गुरुले गरे यदुकुहामा शहीदहरुको सालिकमा माल्यार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
gagan-guru-kameshwor.jpg

धनुषा । नेपाली कांग्रेसको ‘समुदायमा नेपाली कांग्रेस’ अभियान अन्तर्गत मधेसमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंगलबार धनुषामा शहीदहरुको सालिकमा माल्यार्पण गरेका छन् । 

शनिबार झापाबाट शुरु भएको उक्त अभियान अन्तर्गतको संवाद यात्रामा निस्केका महामन्त्री थापाले धुनषाको यदुकुहामा शहीदहरुको सालिकमा माल्यार्पण गरेका हुन् । 

सामाजिक संजालमा नेता थाापाले लेखेका छन्, ‘आज माघ १६ गते शहीद दिवसको दिन धनुषाको यदुकुहामा शहीदहरु कामेस्वर–कुशेस्वर, जानकीदेवी यादव, सुनेस्वरीदेवी यादव, सोनावतीदेवी यादव, रामनारायण यादव र उदयशंकर यादवको  सालिकमा माल्यार्पण  गर्ने शुभ अवसर मिल्यो। वीर शहीदहरु अमर रहुन् ।’

सो अवसरमा कांग्रेस नेता गुरुराज घिमिरे पनि साथमा रहेका थिए । 

माघ १३ देखि शुरु भएको गगनको संवाद यात्रा २६ गते महाकाली पुगेर टुंगिने छ । 

 यो क्रममा उनले स्थानीयका देख्दा अरुलाई साना लाग्ने तर उनीहरुका गम्भीर मुद्दाहरु निकै नै समय दिएर सुनिरहेका छन् । 

स्थानीयले दिनरात केही नभनी आफ्ना गुनासाहरु समाधान हुने विश्वासमा प्रतिक्षा गरेरै महामन्त्री थापालाई सुनाइरहेका छन् । 

महामन्त्री थापाको यो भनाइले पनि स्पष्ट पारिरहेको छ की उनीप्रति स्थानीय र पीडितले विश्वास गरिरहेका छन् । आशा गरिरहेका छन् र भरोसा गरिरहेका छन् । 

महामन्त्री थापाले यस संवाद यात्रामा आफ्ना कुरा राख्ने भन्दा पनि स्थानीयका कुरा सुन्ने र ती कुराहरुलाई आगामी फागुन ७ गतेदेखि काठमाडौँमा हुने पार्टीको महासमिति बैठकमा अजेन्डा बनाएर प्रस्तुत गर्ने योजना बनाएका छन् । 

उनको यो अभियानमा कुनै औपचारिक कार्यक्रम नहुदा सिधै स्थानीयले आफ्ना गुनासा, समस्या, सल्लाह र सुझाव राखिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ