arrow

दोरिङ भिरमा जीप खस्यो : दुई भुटानी नागरिकको मृत्यु, पाँच घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
Sindhupalchok-hamrakura-new.jpeg

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ दोरिङ भिरमा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । 
 
बा२च ४४५० नम्बरको जीप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए । 

मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो । 

दुर्घटनामा  घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका प्रहरी निरीक्षक यादवले बताए । 

घाइते हुनेमा सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिका-२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची  र ५६ वर्षीय फुँङ रहेका छन् । 

घाइतेलाई उपचारका लागि  हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ