arrow

उद्योगी चौधरीलाई धरपकड शैलीमा पक्राउ गर्नु गलतः व्यवसायीहरु [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
arun-chaudhary-birodh-(3).jpg

काठमाडौँ । निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ ।

परिसंघले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो । 

परिसंघले चौधरी नेपालका एक प्रतिष्ठित उद्यमी भएको र देश छाडेर नभाग्ने भए पनि सरकारले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरिनु निजी क्षेत्र माथिको प्रहार भएको बताएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंकाकै भरमा पक्राउ गर्नु न्यायसंगत नभएको बताए । उनले उद्योगपति चौधरी देश बाहिर भागेर जाने अवस्थासमेत नरहेको अवस्थामा हठात् पक्राउ गर्नु गलत भएको उल्लेख गरे ।

उनले प्रहरीले चौधरीलाई बोलाएर सोधपुछ गर्न सकिने अवस्थामा बिना कुनै सूचना पक्राउ गरिएकाले प्रक्रियामा नै परिसंघको आपत्ति रहेको बताए । उनले सरकार चौधरीलाई पक्राउ गरेर एक प्रतिष्ठित व्यवसायीको मानमर्दन गरेको बताए । 

अध्यक्ष अग्रवालले सूचना दिएर बोलाएर सोधपुछपछि दोषी देखिएमात्र पक्राउ गर्नुपर्नेमा आफ्नो कुरा राख्ने अवसरसमेत नदिई प्रकाउ गर्नु गलत भएको बताए । 

अग्रवालले प्रहरीले व्यवसायीमाथि अनुसन्धान गर्न पाए पनि धरपकड गर्न नहुने बताए । अध्यक्ष अग्रवालले दोषी सावित नभएसम्म व्यवसायीलाई थुनामा राख्न नहुने धारणा राखे ।

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न नहुने बताए । 

उनले उद्योगी व्यवसायीलाई प्रहरीले बोलाएर सोध्ने हो भने सबै जवाफ दिन तयार भए पनि सरकारले त्यो अवसरसमेत नदिएको बताए । उनले आशंकाकै भरमा थुन्ने काम गर्दा निजी क्षेत्र हतोत्साहित हुने दाबी गरे । उनले भाग्ने सम्भावना नभएका व्यवसायीलाई पक्राउ गर्नु गलत भएको बताए । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सबैतिरबाट आक्रमण भइरहेको बताए । उनले निजी क्षेत्रलाई यसरी समस्यामा पर्ने हो भने निजी क्षेत्र हतोत्साहित हुने उल्लेख गरे । 

उनले व्यवसायीहरुलाई धरपकड गर्ने हो भने निजी क्षेत्रले राम्रोसँग काम गर्न नसक्ने बताए । उनले सरकारको यस्तो कदमले सबै निजी क्षेत्रलाई दुःखी तुल्याएको पनि बताए । अध्यक्ष कार्कीले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए । 

व्यवसायीहरुले चौधरी पक्राउ घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपादेयतालाई उपेक्षा गरेको हो कि भन्ने सोच्न आफूहरुलाई बाध्य बनाएको बताए । 

उनीहरुले सरकारले एकातिर ठूलो महत्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ समानान्तररुपमा उद्योगी व्यवसायीहरुमाथि धरपकडको डन्डा बसाइरहने हो भने विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने अवस्था सिर्जना भएको तर्क गरेका छन् । 

व्यवसायीहरुले सरकारको यस्तो कदमले लगानीको वातावरण बिथोल्ने बाहेक काम गरेको उल्लेख गरे । 

उनीहरुले कसूर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा आफूहरुको विमति नभएको पनि बताए । 
 

arun-chaudhary-birodh (4).jpg
arun-chaudhary-birodh (5).jpg
arun-chaudhary-birodh (6).jpg
arun-chaudhary-birodh (7).jpg
arun-chaudhary-birodh (1).jpg
arun-chaudhary-birodh (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ