arrow

हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
afg_helicopter.jpg

काठमाडौँ ।  दक्षिणपूर्वी गाजियनटेप प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा टर्किएका दुई पाइलटको मृत्यु भएको छ । 

दुर्घटनाबाट एक प्राविधिक घाइते भएको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका हुन् । 

सुरक्षा उड्डयन विभागको महानिर्देशनालयको सूचीमा दर्ता गरिएको हेलिकोप्टर, नुरदागी जिल्लाको कारताल गाउँमा दुर्घटनाग्रस्त भएको हो । 

हेलिकप्टर दक्षिणी हाते प्रान्तबाट प्रस्थान गरेको थियो । 

अन्तिम पटक १०ः४९ मा सम्पर्कमा आएको थियो । घटनास्थलमा धेरै जन्डरमेरी, फायर ब्रिगेड र मेडिकल टोलीहरू पठाइएको छ । 

घाइते प्राविधिकलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । हाल दुर्घटनाको कारण खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ