arrow

सहकारीबाट बचतकर्ताको रकम ठगेको आरोपमा सहप्राध्यापक भण्डारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
bishnu-prasad-bhandari-facebook.jpg

पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २३ घर भइ हाल पोखरा-५ बस्दै आएका विष्णुप्रसाद भण्डारी रहेका छन् । उनी पृथ्वीनारायण क्याम्पसमा सहप्राध्यापकको रुपमा कार्यरत छन् ।

उनलाई सोमबार राति ८ बजे घरबाटै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनी सहकारी रकम हिनामिना प्रकरण बाहिरिएपछि भण्डारी फरार भएका थिए ।

पक्राउ गरेका भण्डारीलाई मंगलबार अदालत पेस गरिने प्रहरीले जानकारी दिएको छ । भण्डारीले सहकारीको डेढ करोड बढी रकम अपचलन गरेको आरोप छ ।

यो सहकारी घोटला प्रकरणमा ३३ जना मुछिएर पक्राउ पुर्जी जारी भएकामा हालसम्म ७ जना पक्राउ गरेका छन् भने बाँकी फरार छन् ।

सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताका २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ