arrow

जिल्ला अदालतका न्यायाधीशद्वय आचार्य र भट्टराईको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
rishiraj-abani-juge-kaski.jpg

पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्य र अवनी मैनाली भट्टराईको सरुवा भएको छ । न्याय परिषद्ले आचार्यलाई ललितपुर र भट्टराईलाई मकवानपुर जिल्ला अदालतमा सरुवा गरेको हो ।

कास्की अदालतको रिक्त न्यायाधीशमा हरिप्रसाद कोइराला आउने भएका छन् । उनी यसअघि सुनसरी जिल्ला अदालतमा कार्यरत थिए ।

यस्तै, तेह्रथुम जिल्ला अदालतका प्रमेश पोखरेलाई पर्सा, रौतहटका तेजबहादुर खड्कालाई झापा र झापाका भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा भएको छ ।

यस्तै, जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन, नवलपुरका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको छ ।

यसैगरी न्याय परिषद्ले उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ