arrow

नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेलाई कारबाही गर्न गगन थापाको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
gagan-thapa-2080-10-24.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भए पनि कानूनी दायरामा आउनुपर्ने बताएका हुन् ।

यस्तै नागरिकता कीर्ते प्रकरणमा मुछिए पनि संसदको महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले माफी पाउन नहुने तर्क गर्दै महामन्त्री थापाले भने, ‘जति सुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको हो, हातमा ताकत होस्, कलम होस्, नागरिकता बनाउनलाई कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ । त्यसकारणले गर्दा उसको कीर्ते माफी हुन्छ चल्छ ?’ उनले भने । 

सहकारी ठगीको धन्दाको मतियारलाई पनि कानूनी कारबाहीमा ल्याउनुपर्ने उनले बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम नलिइ भने, ‘आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउन छ । ठगीको धन्दाको मतियार हुन्छ भने कानूनी कारबाहीको दायरामा आउनु पर्दैन ? कानुनले कारबाही गर्नु पदैन ?’

 उनले बैठकमा सरकारले लय समात्न नसकेको आरोपसमेत लगाएका छन् । उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ । साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ  टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ