arrow

प्रचण्ड सरकारले जनताको विश्वास गुमाउँदैछ – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
gagan-thapa-2080-10-24a.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ । 

साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ  टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए । 

उनले नयाँ शिराबाट जाने हो भने प्रधानमन्त्री प्रचण्डले देशका लागि १० देखि ५ बजेसम्मको समय सिंहदरबारभित्रै खर्च नगरेसम्म, अनुगमन नगरेसम्म कुनै पनि विश्वास जित्न नसक्ने दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ