arrow

नौसेनामा सहभागी हुने बारे विमर्शमा स्वीडेन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
red-sea.PNG

काठमाडौँ । स्विडेन सरकारले लाल सागरमा हुने दुई वटा नौसैनिक अभियानमा भाग लिने बारे विचार गरिरहेको विदेश मन्त्री टोबियास बिलस्ट्रोमले बिहीबार बताएका छन् ।

स्वीडेनले अमेरिकाले शुरु गरेको अपरेशन प्रोस्परिटी गार्डियन र ईयु नेतृत्वको अपरेशन एस्पाइड्समा सामेल हुने योजना बनाएको बिलस्ट्रोमले विदेश मामिला समिति तथा रक्षा समितिसँगको बैठकपछि स्विडेनी टेलिभिजनलाई बताएका छन् ।

स्वीडेनले भाग लिन चाहेका अपरेशनहरू रक्षात्मक छन् र कुनै पनि स्थलगत लक्ष्यमा आक्रमण गर्ने बारे होइन" भन्ने कुरामा जोड दिँदै बिलस्ट्रोमले भने- यसको मुख्य काम हुथी मिलिशियाको आक्रमणबाट व्यावसायिक जहाजहरूलाई जोगाउनु हो।

गत वर्ष इजरायल-हमास द्वन्द्व शुरु भएपछि हुथीहरूले ४० भन्दा बढी हमला गरेका छन्। उनीहरूले प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन र इजरायललाई गाजामा आफ्नो सैन्य कारबाही रोक्न दबाब दिन इजरायलसँग जोडिएका जहाजहरूमा मात्र आक्रमण गरेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ