arrow

समन्वय समितिद्वारा नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
ramesh-lekhak-gathabandan.jpg

काठमाडौँ । सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

समन्वय समितिका संयोजक एवं कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा बिहीबार बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको तर्फबाट विजयी सबै उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो । 

बैठकले गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा भाग लिई गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान गरी विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै मतदातालाई धन्यवाद दिने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिए ।

उक्त बैठकले गठबन्धन उम्मेदवारमध्ये कोशी प्रदेशको महिला समूहतर्फको परिणाम अनपेक्षित हुन गएको ठहर गर्दै उक्त घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको छ । 

सो बैठकले समितिले सम्पन्न गरेका कार्य र राष्ट्रियसभा सदस्य निर्वाचन २०८० को मतपरिणाम समेतको प्रतिवेदन शीर्ष नेतृत्व तहमा पेश गर्ने निर्णय गरेको जोशीले बताए ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन, नेकपा (कीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र जनता समाजवादी पार्टीका नेता मनिष सुमनको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ