arrow

सी र पुटिनबीच टेलिफोनमा कुराकानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
xi-putin1.jpg

काठमाडौँ । नयाँ चन्द्र वर्षको अवसरमा दुई नेताबीचको टेलिफोनमा कुराकानी भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन कुराकानी भएको हो । 

बेइजिङ र मस्को कट्टर साझेदार हुन् । छिमेकी युक्रेनमा रुसको आक्रमणलाई लिएर धेरै मुलुकले विरोध गरे पनि उनीहरूले आफ्नो सम्बन्धलाई सुदृढ बनाएका छन् । 

बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सीले दुवै देशले ‘बाहिरी शक्तिहरू’ को हस्तक्षेपको विरोध गर्नुपर्ने बताएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बताएको छ । 

फोन वार्तामा सीले दुवै मुलुकले रणनीतिक रूपमा नजिकबाट सहयोग गर्नुपर्ने, आ–आफ्ना मुलुकको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्नुपर्ने र बाहिरी शक्तिहरूको आन्तरिक मामिलामा हस्तक्षेपहरूको दृढताका साथ विरोध गर्नुपर्ने बताएको सरकारी प्रसारक सीसीटिभीले जनाएको छ । 

रुसी राष्ट्रपति पुटिनले सीसँग चीन र रुसबीचको सम्बन्ध ‘अभूतपूर्व रूपमा उच्चस्तर’ मा रहेको बताएको क्रेमलिनको विज्ञप्तिमा उल्लेख छ । बेइजिङले युक्रेन युद्धमा आफू तटस्थ रहेको जोड दिँदै युद्धमा युक्रेनका सहयोगीहरूबाट आफ्नो अडानका लागि आलोचना गरेको छ । 

दुवै पक्षले उच्चस्तरीय भ्रमणहरू र संवादको निरन्तर प्रवाहलाई कायम राखेका छन् र उनीहरूबीचको व्यापार सन् २०२३ मा उचाइमा पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ