arrow

शान्तिका लागि एकजुट हुन गुटेरेसको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
antonio-guterres-pokhara.jpg
तस्बिर – फाइल ।

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार शान्तिका लागि एकजुट हुन आह्वान गरेका छन् । 

सन् २०२४ को प्राथमिकताबारे न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले न्यायपूर्ण र दिगो शान्ति कायम गर्न संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानून अनुरूप शान्तिका लागि काम गर्नु आवश्यक  रहेको बताए । 

एकीकरण लामो र विस्तृत एजेन्डा भएको बताउँदै उन विभिन्न चुनौतीहरू साझा सूत्रद्वारा जोडिएको, आयामहरूमा शान्तिको आवश्यकता भएकोले शान्ति एकिकरणको बन्धन भएको बताएका छन् । 

युगौँ पुरानो आणविक खतरा, जलवायु आपत्काल र कृत्रिम बौद्धिकताको अनियन्त्रित चुनौतीहरूकोबीचमा एकताबद्ध र सङ्गठित प्रतिक्रियाको आवश्यकता रहेको पनि उनले बताए । 

कृत्रिम बौद्धिकताबाट उत्पन्न खतरालाई सम्बोधन गर्न, जलवायु परिवर्तन नियन्त्रण गर्न तथा दिगो विकास लक्ष्यहरू प्राप्त गर्न, अगाडि बढ्ने बाटो चुनौतीपूर्ण भए पनि स्पष्ट रहेको उनको धारणा थियो । 
 
डरलाग्दा चुनौतीका बीचमा जटिल बाटो छिचोल्दै शान्ति र एकताको आह्वान संयुक्त राष्ट्रसङ्घ भित्र तथा बाहिर गहन आवश्यकता रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ