arrow

पूर्वराजा शाह परिवारसहित चितवनमा, विमानस्थलमा भव्य स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
xking-gyanendra-chitwan-rss.jpg

चितवन । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन् । पूर्वराजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमललगायत परिवारका सदस्यसहित चितवन आएका हुन् ।

चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो । पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । पूर्व राजा शाह आफैँले गाडी चलाएर विमानस्थलबाट बाहिरिएका हुन् । उनी आइतबार पटिहानीको होटल सोल्टीमा बसेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ