arrow

भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
crime-final-everytime-use.jpg

सिराहा । सिराहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेको घटना बाहिरिएको छ। 

प्रेमीले सरस्वती पूजा र भ्यालेन्टाइन डेको बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो। 

बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका(२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेशकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए ।

निकेशले किशोरीलाई लहान १ स्थित अरुणकुमार यादवको डेरामा लगेर बुधबार अपरान्ह ललाई फकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए । बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एक जनाले आफन्तलाई खबर गरेका थिए ।

किशोरीको उपचार विराटनगरमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ