arrow

बझाङमा जीप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
Accident-sign.jpg

बझाङ ।  बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जीप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।   

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने  घाइते तलकोट–३ का जीप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए  । 

जीप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ