arrow

बाढी आउने चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
malaysia-flood-2023-03-02.jpg

काठमाडौँ । मङ्गोलियाको राजधानीको आपत्कालीन आयोगले बिहीबार वसन्त बाढीको चेतावनी जारी गरेको छ । अचानक तातो तापक्रम आउँदा हिउँ र बरफ चाँडै पग्लन सक्ने र त्यसले बाढी ल्याउने आङ्कलनसहित चेतावनी जारी गरिएको हो । 

उलान बातोरमा कम्तीमा ३० स्थानहरूमा बाढी आउने सक्ने आङ्कलन गरिएको छ । मङ्गोलियाका प्रधानमन्त्री लुभ्सन्नम्सराई ओयुन–एर्डेनले बाढीबाट प्रभावित हुनसक्ने बासिन्दाहरूलाई बाहिर निकाल्न आदेश दिएका छन् । 

उलान बातोर एशियाली देशको ३.५ मिलियन जनसङ्ख्याको आधाको घर हो । यस हिउँदमा मङ्गोलियामा सामान्य भन्दा धेरै हिउँ परेको छ । देशको कुल भूभागको करिब ९० प्रतिशत भूभाग अहिलेसम्म १०० सेन्टीमिटर बाक्लो हिउँले ढाकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ