arrow

सडक निर्माण एवं विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
prakash-jwala-minister-2080.jpg
फाइल तस्बिर

जानकी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रको एक हजार आठ सय मिटर सडक निर्माणमा आफूले सबै उपाय अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हुलाकी सडकको नेपालञ्ज गुलरिया सडकखण्ड अनुगमन गर्न खजुरा आएका मन्त्री ज्वालाले स्थानीयबाट ध्यानाकर्षणपत्र लिएपछि सडक निर्माण एवं विस्तारमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले सडक विस्तारको विषय अदालतमा विचाराधीन रहेको जानकारी दिए । न्यायालयबाट निर्णय नआएसम्म प्रतीक्षा गर्नुको विकल्प नभएको उनको कथन थियो ।

सडक-निर्माण एवं विस्तारको जिम्मा लिएका निर्माण कम्पनीले निर्धारित काम इमान्दारीपूर्वक नगरेमा तथा गुणस्तरहीन काम गरेमा कडाभन्दा कडा कारबाही गर्न मन्त्री ज्वालाले मन्त्रालय, सडक विभाग मातहतका कार्यालयलाई निर्देशन दिइएको स्पष्ट गरे ।



नयाँ