arrow

तीन मध्येबाट एक जना बन्दैछन् त्रिविको उपकुलपति

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
tu-eaxm-controller-office.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा डा चित्रबहादुर बुढाथोकी, प्रा डा केशरजङ्ग बराल र प्रा डा टङ्कनाथ धमला मध्येबाट एक जनालाई नियुक्त गर्न सिफारिस गरिएको छ । 

आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूचीमा परी आइतबार अन्तर्वार्ताको कार्य सम्पन्न भएपछि सिफारिस समितिले तीन जनाको नाम चयन गरेको हो । 

त्रिभुवन विश्वविद्यालय ऐन, २०४८ को दफा १८ (२) बमोजिम उक्त तीनमध्येबाट प्रधानमन्त्री एवं कुलपतिले एकलाई नियुक्त गर्नुहुनेछ ।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे कमिटी गठन गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ