arrow

आक्रमणमा परे दुई अमेरिकी जहाज

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
Situasi-Yaman-Saat-Ini.jpg.jpeg

काठमाडौँ । यमनको हुथी समूहले अडेनको खाडीमा दुई वटा अमेरिकी जहाजहरूमा आक्रमण गरेको जनाएको छ । 

समूहको स्याटलाइट टिभी च्यानल अल–मासिराहद्वारा प्रसारित टेलिभिजन बयानमा, हुथी सैन्य प्रवक्ता याह्या सारियाले अमेरिकी जहाजहरू सी च्याम्पियन र नाभिस फोर्टुना विरुद्धको आक्रमणहरू रहेको बताएको छ । 

सारियाका अनुसार आक्रमणले विगत २४ घण्टामा हुथी अपरेसनको कुल सङ्ख्या चार पुगेको छ । पहिलोले बेलायती जहाजलाई निशाना बनाएको थियो । जसको परिणामस्वरूप पूर्ण रूपमा डुबेको थियो । 

हमासमाथि इजरायली आक्रमण र गाजा स्ट्रिपमा प्यालेस्टाइनी जनतामाथिको घेराबन्दी नहटाइएसम्म लाल सागर र अरब सागरमा कारबाही बढ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ