arrow

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ’ योजनाको उपहार हस्तान्तरण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
city-express-80-11-10.jpg

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौँस्थित म्यारिएट होटलमा ‘विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ’ योजनाको उपहार हस्तान्तरण गरेको छ । 

यो योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरेबियाबाट रेमिटान्स पठाउने राजु तामाङलाई पाँच लाख तीस हजार सात सय पचास रुपैयाँ र कोरियाबाट रेमिटान्स पठाउने सुवास लिम्बूलाई एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । 

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद , हाँस्य कलाकार एवं सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।  

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मंसिर १५ गतेसम्म चल्ने गरी समस्त नेपालीहरुको महान् चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्मका लागि ‘विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई जनही रु १००,०००, हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । 

जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप), ४५ जनाले साप्ताहिक उपहार (जनही रु २५,०००) र २ जनाले मासिक उपहार (जनही रु १००,०००) जित्न सफल भइसकेका छन् ।
उक्त योजना असोज १५ देखि मङ्सिर १५ गतेसम्म चलेको थियो ।  

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ