arrow

सभामुखज्यू संक्षिप्तमा बोल्न दिएको समय कति हो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
parliament-80-11-11b.jpg

काठमाडौँ । प्रतिनिधि सभाको शुक्रबारको बैठक तनावपूर्ण बनेको छ । सांसदहरुले एक अर्का दलका सांसदहरुमाथि आरोप प्रत्यारोप गरेपछि तनाव सिर्जना भएको हो । 

सो क्रममा सभामुखको भूमिकालाई लिएरसमेत सांसदहरुले प्रश्न उठाएका छन् । आफूहरुले बोल्न पनि नपाउने ? भनी सत्तापक्षका सांसदहरुले सभामुख देवराज घिमिरेसँग प्रश्न गरेका छन् भने विपक्षी सांसदहरुले संसद प्रतिपक्षले बोल्न पाउने थलो भएको भन्दै बोल्न पाउनु पर्ने प्रश्न गरेका छन् । 

सभामुख घिमिरेले कुनै सांसदले बोलिरहेको समयमा अर्को कसैले विरोध गरेका तत्काल उनलाई बोल्न दिने गरेकामा उनले पटक पटक ‘संक्षिप्तमा भनाइ राख्न’ भनी शब्दहरुको प्रयोग गर्ने गरेका छन् । 

सांसदहरुले संक्षिप्तको समय कति मिनेटको हो भनी प्रश्न गरेका छन् । उनीहरुले सभामुखज्यू संक्षिप्तमा बोल्न दिएको समय कति हो ? भनी प्रश्न गरेका हुन् ।

 संसदमा संक्षिप्तमा भनाइ राख्ने क्रममा सभामुखले समय नतोकिदिँदा समय अनियन्त्रित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ