arrow

त्रिविको उच्चतहको परीक्षामा एमसीसीबारे विवादास्पद प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
mcc-tu-exam-.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिएको एउटा परीक्षाको प्रश्नपत्रमा अमेरिकी सहयोग मिलेमियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी विवादास्पद प्रश्न समावेश भएको पाइएको छ । 

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकाय डीनको कार्यालयले लिएको परीक्षाको प्रश्नपत्रमा यस्तो विवादस्पद प्रश्न समावेश गरिएको हो । 

त्रिविको दर्शनाचार्य–विद्यावारिधि कार्यक्रम अन्तर्गत प्रवेश परीक्षाको राजनीतिशास्त्र विषयको प्रश्नपत्रमा उल्लेख गरिएको विषय हो यो । 

फागुन १२ गते शनिबार भएको परीक्षाको प्रश्नपत्रको प्रश्न नं २ मा रहेको उक्त प्रश्नमा भनिएको छ, ‘अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को कारणले साना देशहरुको मूख्य राजनीतिक समस्या के के हुन् ?’ 

प्रश्नलाई यति महत्व दिइएको छ कि यो प्रश्नको २० अंक भार भएको विवेचनात्मक उत्तर दिनुपर्ने खालको छ । जसको लागि ३६ मिनेट समय हुन्छ । 

नेपालमा अहिले एमसीसी अन्तर्गत ५० करोड अमेरिकी डलरको परियोजना सञ्चालन भइरहेका छन् । ४०० केभीए अन्तरदेशीय प्रसारण लाइन तथा विभिन्न सडक निर्माणमा गरिने उक्त लगानी अमेरिकी सरकार अन्तर्गत कर्पोरेशनको अनुदान सहयोगमा सञ्चालित परियोजना हो । 

संसदले पारित गरेर उक्त आयोजना सञ्चालन भइरहँदा देशकै सबैभन्दा ठूलो विश्वविद्यालयको सबैभन्दा माथिल्लो स्तरको परीक्षाको प्रश्नपत्रमा यस्तो विवादित विषय समावेश भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ