arrow

टर्किएको राजधानीमा आइएसविरुद्ध तीव्र कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
turkey-ankara-flag.jpg

काठमाडौँ । टर्किएका अधिकारीहरूले मङ्गलबार अङ्कारामा इस्लामिक स्टेट (आइएस) विरुद्ध कारबाही शुरु गरेको डेली सबा अखबारले जनाएको छ। 

अङ्कारामा, अभियोजकहरूले "तेभिद म्यागजिन" सँग जोडिएका २० जना आइएस गतिविधिसँग सम्बन्धित रहेका व्यक्तिहरूलाई बारेन्ट जारी गरेको छ । उनीहरूले राजधानीमा विभिन्न किसिमका अराजक गतिविधि गरेको पाइएको छ ।

 गत जनवरीमा टर्किएको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा भएको आक्रमणमा प्रहरीले थुप्रै आइएस संदिग्धहरूलाई पक्राउ गरेको थियो । 

टर्किएले सन् २०१३ मा आइएसलाई आतङ्कवादी समूहको रूपमा पहिचान गरेको थियो भने सन् २०१५ देखि समूहले थुप्रै घातक हमलाहरू सञ्चालन गरेको छ ।

 सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएदेखि सिरियासँगको टर्कीको दक्षिणी सीमा सिरियाली र विदेशी लडाकुहरूको लागि प्रमुख ट्रान्जिट मार्ग भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ