arrow

शाहरुखकी अभिनेत्री विवाहको तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
taapsee-saharukh.jpg

काठमाडौँ । शाहरुख खानको फिल्म ‘डंकी’ मा दमदार अभिनय गरेकी बलिउड अभिनेत्री तापसी पन्नु विवाहको तयारीमा छिन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार तापसी पन्नुले १० वर्ष डेट गरेपछि ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गर्न लागेकी छिन् । 

मथियास बो र तापसी पन्नुले सन् २०२४ को मार्च महिनामा विवाह गर्न सक्नेछन् । 

यो जोडीले राजस्थानको उदयपुरमा शाही शैलीमा विवाह गर्न लागेको रिपोर्टमा उल्लेख छ । 

सिख र क्रिस्चियन परम्परा अनुसार विवाह हुने भएको छ ।

 तर दुवैको  विवाहको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ