arrow

ढाकामा सात तले भवनमा आगलागी, कम्तीमा ४४ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
fire-bangladesh-24-02-29.jpg

ढाका । बंगलादेशको राजधानी ढाकामा सात तले भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । बिहीबार राति लागेको आगोमा परेर उनीहरुको ज्यान गएको हो । 

घटनामा २२ जना गम्भीर घाइते भएका छन् । १३ दमकलले करिब अढाई घण्टा लगाएर आगो निभाएका थिए । 

ग्रिन कोजी कटेज नामक भवनमा आगलागी भएपछि ७५ जनालाई बाहिर निकालिएको थियो । जसमा ४२ जना बेहोश रहेका थिए । सबैलाई ढाका मेडिकल कलेज र शेख हसिना नेशनल इस्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरी हस्पिटलमा भर्ना गराइएकामा ४४ जनाको मृत्यु भएको हो । 

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने चिकित्सकलाई उधृत गर्दै अधिकारीहरुले बताएका छन् । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ