arrow

अधिकृतदेखि माथिसम्मका सबैको सम्पत्ति छानबिन गर्छौ : कानूनमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
dhanraj-gurung-11-07.jpg

पाल्पा। कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । 

शनिबार ताएक कार्यक्रममा मन्त्री गुरुङले भ्रष्टाचारीलाई कारबाही नगरेसम्म मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने भन्दै भ्रष्टाचार गर्नेलाई कानूनसम्मत कारबाही गरिने बताए ।

उनले भ्रष्टाचार नहटेसम्म मुलुकमा सुशासन तथा समृद्धि नहुने पनि उल्लेख गरे । 

भ्रष्टाचार अन्त्यका लागि वडाअध्यक्षदेखि मन्त्रीसम्मका सबैको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै उनले भ्रष्टाचारका फाइलहरु खोल्दा जताजतैबाट दबाब आएर काम गर्न कठिनाइ भएको बताए । 

“वडादेखि माथिसम्मका जनप्रतिनिधि र कर्मचारीमा अधिकृतदेखि माथिसम्मका सबैको सम्पत्ति छानबिन गर्छौ त्यसका लागि कानून समेत ल्याउने तयारीमा छौँ”, उनले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ