arrow

गरिबीसँग लडिरहेको इजिप्टले बेच्यो रस अल हिक्मा शहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
egypt-flag.png
तस्बिर – फाइल ।

काठमाडौँ । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख शहरहरू एक एक गरेर बेच्न बाध्य भएको छ । 

यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य शहर ‘रस अल हिक्मा’ पनि बेचेका छन्, जसलाई पृथ्वीको स्वर्ग भनिन्छ । इजिप्टको यो ऐतिहासिक शहर अरू कुनै देशले होइन, मुस्लिम राष्ट्रले किनेको हो । यो देशको नाम यूएइ हो । यूएईले ३५ अर्ब डलर खर्चेर ‘रस अल हिक्मा’ खरिद गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  
 
‘रास अल हिक्मा’ समुन्द्रको किनारमा अवस्थित अति सुन्दर शहर हो । यद्यपि यो शहर इजिप्टलाई बेच्न बाध्य भयो । ‘रास अल हिक्मा’ पर्यटकको मनपर्ने ठाउँको रूपमा पनि प्रसिद्ध छ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने इजिप्टबाट यो शहर खरिद गरेपछि यूएईले छिट्टै यहाँ धेरै प्रोजेक्टमा काम शुरु गर्ने भएको छ । यहाँ यूएईले करिब १५० अर्ब डलरको लगानी योजना बनाएको छ ।

यस मेगा प्रोजेक्टमा इजिप्टको पनि ३५ प्रतिशत शेयर छ । यदि यो योजना सफल भयो भने यो इजिप्टको इतिहासमा सबैभन्दा ठूलो विदेशी लगानी हुनेछ। यूएई बाहेक साउदी अरेबिया र कतारले पनि इजिप्टका धेरै शहर खरिद गर्न चासो देखाएका छन् ।

इजिप्टको वर्तमान आर्थिक अवस्था निकै दयनीय छ । जसका कारण ठूला शहरहरु बेच्न बाध्य भइरहेको छ । वर्तमान सरकारले अन्य मुलुकबाट पनि ऋण लिएको छैन । 

भर्खरै इजिप्टले साउदी अरेबिया र यूएईजस्ता देशसँग ऋणको लागि अनुरोध गरेको थियो तर ती दुवै देशले निराश बनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ