arrow

टीआरसी विधेयक अघि बढाउन शीर्ष तीन दलका नेता सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
prachanda-oli-deuba.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख तीन दलका प्रमुखहरु संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् ।

शान्तिप्रक्रिया टुंगोमा पुर्याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहमत भएका हुन् । 

आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेरर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् । 

सो क्रममा उक्त विधेयकलाई संसदमा अघि बढाउनन उनीहरु सहमत भएका हुन् । 

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत भएका हुन् । 

एमालेले पीडितको माग सम्बोधन गर्ने विषयमा कुनै सम्झौता नगर्ने बताइरहँदा अध्यक्ष ओली विधेयक अगाडि बढाउन सहमत भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ