arrow

आगलागीमा परी दुई सय सय बाख्रा सखाप

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
khotang-fire.jpg
फाइल तस्बिर

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आगलागी हुँदा २ सय बाख्रा जलेर मरेका छन् । 

आगलागीका कारण बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट हुँदा रु १ करोड ५० लाख बराबरको क्षति भएको सञ्चालक विनोद खड्काले जानकारी दिए ।

हाई भोल्टेजका कारण विद्युत् लाइन सर्ट भई आगलागी भएको हुनसक्ने स्थानीय मीनराज गिरीले बताए ।

वैदेशिक रोजगारबाट फर्किएका खड्काले रु १ करोड लगानी गरेर बयर जातका बाख्रा फार्म सञ्चालन गर्दै आएका थिए ।

आधुनिक तरिकाले खोर बनाएर २ तलामै खड्काले बाख्रापालन गर्दै आएका थिए ।

खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको रु १ लाख ५० हजारदेखि २ लाखसम्म मूल्य पर्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ