arrow

पाण्डवखानी गाविस टुक्र्याइएपछि स्थानीय आन्दोलित

logo
नारायण रिजाल,
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
Baglung-hamrakura.jpg.jpeg
बागलुङ । स्थानीय तह पुर्नसंरचनामा आफ्नो गाउँलाई विभाजन गरिएपछि पाण्डवखानी गाविसका स्थानीय वासिन्दाहरु आन्दोलनमा उत्रिएका छन् । सिंगो गाविसलाई प्रस्तावित गलकोट नगरपालिकामा समेट्न माग गर्दै ‘अखण्ड पाण्डवखानी’ संघर्ष समिति गठन गरी स्थानियबासी आन्दोलनमा उत्रिएका हुन् । 
 
पाण्डवखानी गाविसको वडा नं. ३ र ४ लाई हटिया नगरपालिका र अन्य वडालाई बढिघाट गाउँपालिकामा राखेर आफुहरुलाई छुट्याईएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन । बिहिबार बागलुङ पत्रकार सम्मेलन गदै आफूहरु हटिया नगरपालिकामा आउन चाहेको तर जिल्लामा क्रियाशिल राजनैतिक दलहरुले पाण्डवखानीलाई दुई टुक्रा पारेको आरोप लगाएका छन् । 
 
स्थानीय तह पुर्नसंरचना गर्दा जनताले चाहे बमोजिम नभएर राजनैतिक दलको मनोमानि भएको भनि आफूहरुलाई उक्त कुरा सैय नभएको संघर्ष समितिका संयोजक राधिका पुनले बताईन् । हामी सो निर्णय सच्चाउनका लागि  सदरमुकाम आएका छौं, पुनले भनिन्, ‘सिंगो पाण्डवखानी टुक्राउने अधिकार यिनिहरुलाई कसले दियो ?’ 
 
गाविस टुक्र्याउने निर्णय आफूहरुलाई मान्य नहुने बताउँदै तत्काल सच्चाउनका लागि स्थानियहरुले आग्रह गरेका छन् । जिल्ला तहमा बसेर राजनीतिक दलहरुले पाण्डवखानी गाविसलाई प्रस्तावित गलकोट नगरपालिका र बढीघाट गाउँपालिकामा विभाजन गरेका थिए ।
 
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले आफ्नो दलले जनताको मर्म बुझेर उनीहरुको चाहना अनुसार गर्न खोजेको बताए । सोही अवसरमा नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष चन्द्र बहादुर थापा सागर, नेपाल महिला संघका केन्द्रिय सदस्य रेणुका काउचा लगायतले सिंगो गल्कोट क्षेत्र भनेको रिघा, पाण्डवखानी, सिसाखानी, रणसिंहकिटेनी पनि पर्ने हुँदा सबैलाई गल्कोट नगरपालिकामा राख्नुपर्ने धारणा राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ