arrow

ल्यारक्याल लामाको निलम्बन फकुवा

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
laharcal-lama.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएको बारे जानकारी गराइएको छ । 
 
सभामुख ओनसरी घर्तीले गत कात्तिक ३० गते अदालतको फैसलाबाट लामा सफाइ पाएकाले उनको सांसद पदको निलम्बन फुकुवा भएको जानकारी दिइन् । बैङ्कको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि मुद्दा दायर भएको थियो । 
 
बैठकमा राष्ट्रपतिले विभिन्न विधेयक प्रमाणीकरण गरेको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ