arrow

आगामी वर्षभरी नै नेपाली भाषामा भद्रगोल हुने !

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
vasa-bibad-main.jpeg
काठमाडौं । भाषामा देखिएको अन्योतला हटाउँदै नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषामा कस्ता वर्ण विन्यासहरुको प्रयोग गर्ने भनेर स्पष्ट निर्णय गरेको भएपनि आगामी वर्ष भरी नै भाषामा देखिएको अन्योलता भने ज्यूँ का त्यूँ हुने भएको छ । विद्यालय तहको पाठ्य क्रममा कस्तो भाषामा अध्ययन गराउने भन्ने विषयमा स्पष्ट निर्देशिका नबन्दा कितावमा एउटा शब्द र शिक्षकले पढाउँदा अर्कै वर्ण विन्यास पढाउने व्यवस्था सिर्जना हुने लक्षण देखिएको हो । 
 
आगामी वर्षको लागि पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गर्ने पाठ्य पुस्तकहरुमा आगामी शैक्षिक वर्षको लागि पनि अहिलेसम्म जस्तो चलिरहेको छ त्यही भाषा प्रयोग भएर जाने पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ । अब कक्षा १२ सम्मको पाठ्यपुस्तक छपाई गर्ने जिम्मेवारी पाएको केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद काप्रीले आउँदो शैक्षिक वर्षको लागि प्रकाशन हुने कितावमा नयाँ वर्ण विन्यास लागू गर्न सम्भव नरहेको बताए । 
 
शुक्रबार हाम्राकुरासँग कुराकानी गर्दै कार्यकारी निर्देशक काप्रीले भने ‘हामीले आगामी वर्षको लागि छपाई गर्ने पुस्तकमा अब वर्ण विन्यास परिवर्तन गर्न सक्दैनौं । यस विषयमा हामीलाई अहिलेसम्म लिखित जानकारी नै आएको छैन । अब लिखित जानकारी आउने बेलासम्म हामीलाई ढिला भईसकेको छ । कतिपय त तयार भएर छपार्इमा पनि गईसकेको छ । केही भने हामीले पिआरसी तयार पार्दै छौं ।’
 
उनले किताव प्रकाशन हुने र प्रज्ञा प्रतिष्ठानबाट पत्र पाएको खण्डमा पछि परिपत्र जारी गरेर प्रज्ञा प्रतिष्ठानले तोके अनुसार अध्ययन गराउन जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र जारी गरिने जानकारी पनि दिए । 
 
काप्रीको यो भनाईले झनै अबको वर्ष अन्योलता सिर्जना हुने स्पष्ट भएको छ । पाठ्यपुस्तकमा एउटा प्रावधान र गुरुहरुले अर्कै वर्ण व्यवस्था अध्ययन गराउने भएपछि स्वभाविक रुपमा नै आगामी वर्ष वर्णविन्यासको विषयमा विद्यार्थीहरुमा झनै अन्योलता बढ्ने निश्चित रहेको छ । 
 
नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रयोगमा ल्याएको नेपाली भाषाको वर्णविन्यास सम्बन्धी हाल चलिरहेको विवाद, विभिन्न व्यक्ति, संस्था एवम् समूहले चलाएको विरोध अभियान, तत्सम्बन्धी कुरालाई ख्याल गरी अहिले विद्यालय तहमा अध्यापन गरार्इने भाषामा केही परिवर्तन गरेको छ ।  
 
बिहीबार बसेको प्राज्ञ समितिको बैठकले विज्ञ समितिको राय समेतलाई ध्यानमा राखी भाषा प्रयोक्ता सर्वसाधारण समेतको चाहनालाई सम्बोधन गर्न हाल प्रतिष्ठानले प्रयोगमा ल्याएको नेपाली वर्णविन्यासलाई केही सच्याउने निर्णय गरेको प्रज्ञा प्रतिष्ठानले जनाएको छ । 
 
प्रतिष्ठानको गत भदौ ३१ गतेको बैठकको निर्णयबाट प्रतिष्ठानका निर्णयहरू र नेपाली बृहत् शब्दकोशको प्रथम संस्करणदेखि नवौं संस्करणसम्म भएका परिवर्तन र त्यसका आधार पहिचान गरी राय समेत प्रस्तुत गर्न प्रा. चूडामणि शर्माको नेतृत्वमा विज्ञ समिति गठन गरेको थियो । त्यही समितिले दिएको सुझावको आधारमा भाषा केही सच्चार्इएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ