arrow

त्रिपुर नगरपालीकाले स्थापना दिवस मनाउने

logo
बामदेव देवकोटा,
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
Dang-hamrakura.jpg.jpeg
त्रिपुर।दाङको कान्छो नगरपालीकाको रुपमा रहेको त्रिपुर नगरपालीकाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । आज नारायणपुरमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले स्थापना दिवस यहीँ मंसिर १६ गते भब्य रुपमा मनाउन लागेको कार्यकारी अधिकृत कमान सींह थापाले जानकारी दिएका छन् ।  
 
यहीँ मंसिर १६ गते परेको स्थापना दिवसलाई ब्यवस्थित रुपमा सम्पन्न गर्नका लागि कार्यकारी अधिकृत कमान सींह थापाको संयोजनमा मूल समारोह समिति गठन गरिएको छ । जसको सदस्यमा त्रिपुर नगरपालीकामा रहेको सम्पूर्ण राजनीतिक दलका बोर्ड प्रतिनिधि, बिषयगत निकाय, गैरसरकारि संघ-संस्था, बिद्यालय, वडा नागरिक मञ्चका संयोजक, सहकारी संस्था, आमा समुह, त्रिपुर नगर स्तरीय महिला संजाल, युवा तथा बाल संजाल, दलित संजाल, आदिबासी जनजाति महासंघ रहेका छन् । 
 
त्यसैगरि नारायणपुर उद्योग बाणिज्य संघ, खानेपानि, लाइन्स क्लब, लाईन्स क्लब अफ भ्याली, पत्रकार महासंघ, ईक्वयलएक्सेस नेपाल, बेस नेपाल, सामुदायीक बन, मतवा महासंघ, जेष्ठ नागरिक लगाएत त्रिपुरमा क्रियाशिल संपूर्ण संघसंस्था मूल समारोहको सदस्यमा रहेका छन् । 
 
कार्यकारी अधिकृत थापाको अध्यक्षतामा भएको मुलसमिति गठन कार्यक्रमा नगरपालीकाको स्थापना दिवसमा विभिन्न रचनात्मक कार्यक्रम गरिने नगरपालीकाका कार्यक्रम अधिकृत बिपना बर्तौलाले जानकारि दिइन् । दिवसको अवसरमा त्रिपुर भित्रका भिन्न व्याक्तित्वहरुलाई सम्मान गर्ने, खेलकुद प्रतियोगीता, संस्कृति झलक्ने झाकि, नृत्य प्रस्तुत गरिने छ। साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिने कार्यक्रम अधिकृत बर्तौलाले बताइन् ।
 
दाङको अत्यन्त संभावना बोकेको स्थानका रुपमा रहेको साबिक नारायणपुर, हापुर र ढिकपुर गाबिसलाई गाभेर त्रिपुर नगरपालीका घोषणा गरिएको थियो । नगरपालिका घोषणासँगै यस क्षेत्रका नागरिकले नगरपालीकाबाट प्रबाह हुने सेवा लिइरहेका छन् । 
यहाँका बासिन्दाको अथक प्रयासपछि गाबिसबाट नगरपालिकामा परिणत भएको त्रिपुर समथर  देखि पहाड सम्मको भूभागलाइ समेटेर बनेको छ । यसले गर्दा पनि त्रिपुर भिन्न संभावना बोकेको स्थान हो ।
 
जिल्लाको बिच भागमा रहेको त्रिपुर नगरपालीकालाई स्थानीय पुर्नसंरचना घोराहि उपमहानगर पालिकामा गाभ्ने प्राबिधिक समितिको प्रस्तावले भने त्रिपुर नगरबासी भने दुखि भएका छन् । प्राबिधिक समितिको यो प्रस्तावले त्रिपुरको अस्तित्व मेटीने भन्दै स्थानीयले बिरोध जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ