arrow

न्यूजिल्याण्डले युवा अपराध कम गर्न सैन्य एकेडेमी स्थापना गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
new-zealand-map1.jpg

काठमाडौँ ।  न्युजिल्यान्ड सरकारले युवाहरूमा देखिन सक्ने पुन: अपराधको जोखिम कम गर्न युवा अपराध विरुद्ध सैन्य एकेडेमीहरू विकास गर्ने योजना बनाएको छ । बालबालिका मन्त्री करेन छौरले मङ्गलबार यस बारे जनाकारी दिएकी छन् ।

विभिन्न कारणले युव पुस्ता गम्भीर र निरन्तर अपराधको शृङ्खलामा फसिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न 'सैन्य शैलीका' एकेडेमीहरूको स्थापना गर्ने र अपराध विरुद्ध विभिन्न किसिमका सचेतनामूलक गतिविधि सञ्चालन गर्ने सरकारको तयारी छ ।

सैन्य शैलीको एकेडेमी यस वर्षको मध्यदेखि सञ्चालन हुनेछ जसमा युवाहरूलाई अज्ञानता र उत्तेजनाका कारण कुलत र अपराधमा फस्ने र पटकपटक अपमानित हुने जोखिम कम गर्न मद्दत गर्नका लागि सैन्य कम्पोनेन्टका साथै पुनर्वास र आघात-सूचनायुक्त हेरचाह लगायतका विषय समावेश हुनेछन् ।

यस्ता कार्यक्रमले थुप्रै युवा अपराधीहरूका जीवनमा अनुशासित र संरचित वातावरणका साथ वास्तविक परिवर्तन प्रदान गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ