arrow

परराष्ट्रमन्त्री महतसँग चिनियाँ राजदूतको भेट

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
camahat.jpeg
काठमाडौँ । परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग शुक्रबार नेपालका लागि चिनियाँ राजदूत यु होङले परराष्ट्र मन्त्रालय सिंहदरवारमा भेटवार्ता गरेकी छन् । नेपालका लागि चिनियाँ राजदूतमा हालै नियुक्त भएकी होङले परराष्ट्रमन्त्री  महतसँग पहिलोपटक भेट गरेकी हुन् । 
 
भेटका अवसरमा द्विपक्षीय हित र आपसी सम्बन्धका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र चीनबीच विगतमा भएका विविध समझदारीको कार्यान्वयनका विषयमा पनि सौहार्दपूर्ण रुपमा छलफल भएको थियो । भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । त्यस क्रममा परराष्ट्रमन्त्री  महतले चिनियाँ राष्ट्रपतिलाई नेपालमा चाँडै स्वागत गर्न चाहन्छौं भने । 
 
चिनियाँ राष्ट्रपति सि जिनपिङलाई हामी नेपालमा चाँडै स्वागत गर्न चाहन्छौँ र हामी सो भ्रमणको आवश्यक तयारीमा छौँ– मन्त्री  महतले भने । सो भेटका क्रममा मन्त्री डा महतले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको धारणा राखेको परराष्ट्रमन्त्रीको जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ