arrow

तातोपानीमा दिएको सुविधा रसुवागढी–केरुङ नाकामा पनि दिन चीन सहमत

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
kerung-Border.jpeg
काठमाडौ ।  चीन सरकार नेपाललाई तातोपानी नाका मार्फत् दिएका सबै सुविधा रसुवा–केरूङ नाकामा पनि दिन सहमत भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा चलिरहेका नेपाल–चीनबीचका दुई बैठकमा केरुङ नाका सञ्चालनमा चीन उदार देखिएको चिनियाँ सञ्चार संस्था चाईना रेडियाे इन्टरनेशनलले जनाएको छ । 
 
चीन सरकारले तातोपानी–खासा नाकाबाट उपलब्ध गराउँदै आएका सबै सुविधा रसुवागढी–केरुङ नाकाबाट पनि उपलब्ध गराउने भएपछि नेपाल चीन व्यापारमा भने केही सुधार आउने अपेक्षा राखिएको छ । यस भन्दा अगाडि तातोपानी नाकाबाट सामान ओसार्ने गरिएको भएपनि गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण तातोपानी नाकाको बाटो प्रयोग गर्न नसक्ने भएपछि चीन रसुवाबाट व्यापार गर्न सहमत भएको हो । 
 
तातोपानी नाका चिनियाँ सामान नेपाल ल्याउन मात्रै होइन, नेपालकै अन्य हिमाली जिल्लामा सामान पुर्‍याउन पनि प्रयोग हुँदै आएको थियो। चीनले यो सुविधासमेत रसुवागढीबाट दिने बताएको छ । अर्को बैठकमा यसमा हस्ताक्षर भएपछि यो सुविधा नेपालले पाउनेछ ।
 
भूकम्पपछि तातोपानी बन्द भएकामा त्यसलाई पुनस् सञ्चालन गर्न नेपालले प्रस्ताव राख्दै आएको थियो। नेपालले केरुङबाट संखुवासभा, दार्चुला, गोरखा, धादिङलगायतका हिमाली जिल्लामा पुग्न चिनियाँ सडक प्रयोग गर्न पाउँ भन्दै पटकपटक चीनलाई आग्रह गर्दै आएको थियो। 
 
चीनले नेपालले प्रयोग गर्ने बन्दरगाह र पारवहन सुविधाको प्रोटोकल र मोडालिटीलाई भने अहिले थाती राखेको छ। त्यसमा नेपाल आफैं स्पष्ट भएर आउन उनीहरूले सुझाएको बैठकका एक सहभागीले बताए। प्रोटोकलका कतिपय विषय राजनीतिक तहमा छलफल गरेर मात्र तयारी अघि बढाउने भन्दै पन्छाइएको छ। ल्हासाका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीका अनुसार बैठकमा अघिल्ला प्रधानमन्त्रीको भ्रमणमा भएका सहमति र सम्झौताको कार्यान्वयनका लागि आधार ९प्रोटोकल० तय गर्ने, तातोपानी नाका व्यवस्थापन गर्ने र विकल्प खोज्ने लगायत विषयमा छलफल भएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ