arrow

पुर्नसंरचनाको विवादलाई लिएर प्रहरी र प्रदर्शनकारीबीच झडप, ७ जना घाईते

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर ।  जिल्लामा फाल्गुनन्द गाउँपालिका कायम राख्न र अखण्ड रानीटारको माग गर्दे आन्दोलित स्थानिय र प्रहरीबीच शुक्रबार सदरमुकाम फिदिममा झडप भएको छ । झडपका क्रममा २ जना प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले जनाएका छन् । 
 
यस्तै ५ जना प्रदर्शनकारी समेत उक्त झडपमा घाईते भएको बताइएको छ । प्रदर्शनकारीको ढुंगा प्रहारबाट जिविसका निमित्त स्थानिय विकाश अधिकारी भानु बराल, इन्जिनियर प्रेम चन्द्र गौतमको कार्यकक्षको सिसा फुटेको प्रहरीले जनाएको छ । 
 
प्रदर्शनकारीहरुले फिदिम बजार मोटरसाइकल र्याली, नारावाजी गर्दे जिविसको कार्यकक्ष अघि प्रदर्शन गरेका थिए । उनीहरुरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । यसअघि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति पाँचथरले दुई वटा खाका मध्ये पहिलो खाकामा १० वटा गाविसलाई समेटेर फाल्गुनन्द नगरपालिका तोकेकोप्रति त्यस क्षेत्रका स्थानिय आन्दोलित बनेका छन् । 
 
उनीहरुले त्यस क्षेत्रलाई नगरपालिका नभएर गाउँपालिका तोक्नुपर्ने माग राख्दै आएका छन् । यस्तै रानीटारवासीले भने अखण्ड रानीटारको माग गर्दे आएका हुन् । 
 
यसैबीच राजनितीक दलहरुबीच सहमति जुटाउन नसकेपछि गत कार्तिक २० गते दुईवटा भिन्नाभिन्नै खाका आयोग समक्ष सिफारिस गरेको थियो । उक्त खाका पुन: संशोधन गरी पठाउन आयोगले भनेपछि अहिले प्राविधिक समिती र राजनितीक दलहरुबीच जिविसमा छलफल समेत चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ