arrow

छुट्टै गाउँपालिका माग गर्दै स्थानीय आन्दोलित

logo
राजन परियार,
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
Sindhuli-hamrakura.jpg.jpeg
सिन्धुली । स्थानीय तह पुर्नसंरचना प्राविधिक समितिले सिन्धुली जिल्लालाई २ नगरपालिका सहित ८ गाउँपालिका बनाउन सिफारिस गरेपछि त्यसको बिरोधमा स्थानीयहरुले आन्दोलन सुरु गरेका छन् ।  
 
तीनपाटन क्षेत्रलाई छुट्टै गाउँपालिका बनाउनु पर्ने माग सहित शुक्रबार स्थानीयहरु नाराबाजी सहित जिल्ला सदरमुकाम आएर पुर्नसंरचना समितिका संयोजक स्थानीय विकास अधिकारी शिव प्रसाद हुमागाईलाई ज्ञापन पत्र बुझाएका छन् । एक साता अघि मात्र पुर्नसंरचना प्राविधिक समितिले बाहुनतिल्पुङ, तोश्रामखोला, आम्बोटे, बालाजोर, जरायोटार, लाम्पान्टार, महादेवडाँडा, भिमस्थान र बेलघारी गाविसलाई मिलाएर महाभारत गाउँपालिका बनाउन सिफारिस गरेको थियो । 
 
समितिले सिफारिस गरेको महाभारत गाउँपालिका वेपायक भएको भन्दै बेलघारी र भिमस्थान गाविसका स्थानीयहरुले बेलघारी, भिमस्थान, बालाजोर र जरायोटार गाविसलाई मिलाएर तिनपाटन गाउँपालिका बनाउन माग गरेका हुन् । 
 
लामो छलफलपछि स्थानीय तह पुर्नसंरचना प्राविधिक समितिले जिल्लाका ५० गाविस र दुई नगरपालिकालाई ८ गाउँपालिका बनाउने सिफारिस गरेको थियो । समितिले गरेको सिफारिस भौगोलिक हिसाबले अवैज्ञानिक भएको भन्दै स्थानीयहरुले विरोध सुरु गरेका छन् । प्राविधिक समितिले गरेको उक्त सिफारिसमा दलहरुबीच समेत सहमती बन्न सकेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ