arrow

मन्दिरमा डीएसपीको झाडु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
cleaning-rolpa-police.jpg

रोल्पा । रोल्पा जिल्लाका प्रहरी नायव उपरिक्षक श्याम सारुमगरले झाडु लगाएर मन्दिर परिसर सरसफाइ गरेका छन् । डीएसपी सारुमगरको अगुवाईमा तीस जना भन्दा बढी प्रहरी कर्मचारी सरसफाइका लागि हातहातमा झाडु लिएर निस्किएका थिए । 

हाकिम आफैँ सरसफाइ अभियानमा निस्किएपछि अन्य प्रहरी कर्मचारीहरुमासमेत थप उत्साह देखिन्थ्यो । ‘यहाँ त प्रहरी प्रमुख हुनुहुन्छ नि, जनताको शान्ति सुरक्षा यहाँको प्रमुख दायित्व हो । किन झाडु समातेर निस्कनु भयो ?’ भन्ने प्रश्नको जवाफमा उनले मुस्कुराउँदै भने, “काम सानो या ठूलो भन्ने हुँदैन । हामी जनताका साथी हौं । शान्ति सुरक्षा हाम्रो प्रमुख दायित्व हो यस बाहेक समुदायसँग साझेदारी गर्नु समाजमा रहेका सबैखाले काम गर्नु हाम्रो कर्तव्य हो त्यसैले हामीले जनतासंग सहकार्य गरेर अघि बढ्दै पर्छ ।” 

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रोल्पाको सहकार्यमा रोल्पा नगरपालिका वडा नं ४ लिबाङमा रहेको शिवालय मन्दिर परिसरमा सरसफाइ गरिएको हो । 

बजार क्षेत्रमा अवस्थित रहेको हुँदा मन्दिर परिसर फोहर भएको थियो । डीएसपी सारुमगरसँगै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर डाँगी, अपांग कल्याण समाज रोल्पाका अगुवा दिनेश आचार्य लगायत अन्य स्थानीय बासिन्दाले समेत सरसफाइ अभियानलाई साथ दिएका थिए । 

शुक्रबारको महाशिवरात्रीलाई लक्षित गर्दै मन्दिर परिसर सरसफाइ गरिएको हो । जिल्लामा सुस्ताउँदै गएको सरसफाइ अभियानलाई यो कार्यक्रमले झक्झकाउने छ भन्ने आशा लिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ