arrow

उथलपुथल सक्नेले गर्ने माओवादी सांसद पौडेलको भनाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
devendra-poudel-80-11-24.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्त गरेको उथलपुथल शब्दलाई लिएर आतंकित हुन आवश्यक नरहेको बताएका छन् । 

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी आजका दिनमा प्रधानमन्त्री दाहालले प्रयोग गरिरहेको बताए । 

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन धेरै अघि बढिसकेको कुरामा नेपाली काँग्रेसले पुनः माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर दस्ताबेजमा छलफल गर्नु उपयुक्त नभएको ठहर माओवादीको रहेको बताए । 

सांसद पौडेलले उथलपुथल सक्नेले गर्ने जवाफ काँग्रेसलाई जवाफ दिनुभयो । काँग्रेसले प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले उथलपुथल शब्द प्रयोग गरेकोप्रति आपत्ति जनाएका थिए । 

केही दिनअघि प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा आफू बाँचुन्जेल उथलपुथल भइरहने अभिव्यक्ति दिएका थिए । 

सांसद पौडेलले एजेण्डा र विषयमा मिल्नेहरुसँग मिल्दै जाने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ