arrow

प्रथम राष्ट्रपतिको भनाइ

धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
rambaran-yadhav.jpg

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् ।  मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । 

उनले धार्मिक कार्यक्रमहरुमा समेत राजनीति गर्नेहरुलाई सामिल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताए । उनले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताए । उनले धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताए ।

उनले भने, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गईरहेको छ, यसलाई हामीले रोक्नु पर्छ ।धार्मिक कार्यक्रमहरुमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ न कि यस्ता कार्यक्रमहरुमा समेत नेता कार्यकर्ताहरुलाई बोलाएर तामझाम गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ