arrow

संविधान संशोधन अघि बढाउन मुख्य दल सहमत : वर्षमान

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर ४ शनिबार
barsaman-pun-news-bt.jpeg

विराटनगर । सत्ताधारी माओवादी केन्द्रका नेता वर्षमान पुनले एक साताभित्र संविधान संशोधन प्रक्रिया अघि बढाउन मुख्य दल सहमत भइसकेको  बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसंग नेता पुनले मंसिर ६ गते संविधान संसोधनका विषयमा मुख्य दल र मधेशी मोर्चाबीच सैद्धान्तिक सहमति हुने र मंसिर ७ नभए ८ गते संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुने बताए ।

संविधान  संशोधनका लागी प्रतिपक्षीदल एमाले पनि सहमत भएकाले अब चाँडै संविधान संशोधन प्रक्रिया अघि बढ्ने सुनाए । नेता पुनले सीमाङ्कन, भाषा, नागरिकता तथा राष्ट्रिय सभाको विषयमा संविधान संशोधनका लागि गृहकार्य भइरहेको बताए ।

नेता पुनले संविधान कार्यान्वयन गरेर तीनै तहको निर्वाचनका लागि पनि  संविधान संशोधन आवश्यक रहेको भन्दै संविधान संशोधनसँगै निर्वाचनको वातावरण बन्ने र सरकारले स्थानीय निकायको निर्वाचनका मिति घोषणा गर्ने उल्लेख गरे ।

पुनले संविधान निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेलाई बाहिर राखेर संविधान संशोधन हुन नसक्ने बताए । यस्तै, अंगीकृत नागरिकताको विषयमा बाहिर आएको हल्लामा कुनै सत्यता नभएको उल्लेख गर्दै अन्तरिम संविधानमा भएको व्यवस्था अनुसारनै यो विषय कायम हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ