arrow

५ नम्बर प्रदेशलाई जबर्जस्ती छुट्याउन पाइँदैन : ओली

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
oli-voice-lokman-new.jpeg

लुम्बिनी । एमाले अध्यक्ष केपी ओलीले ५ नम्बर प्रदेशलाई छुट्याउन नहुने बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पाँच नम्बर प्रदेश छुट्याउनु पर्ने कुनै पनि माग जनताले नराखेकाले छुट्याउन नहुने बताए ।

अध्यक्ष ओलीले पहाड र मधेसका जिल्ला जोडिएकै कारण ५ नम्बर प्रदेशलाई छुट्याउनु पर्दछ भन्ने जबर्जस्ती माग कतिपय पक्षको छ, ओलीले भने, ‘मैले सोध्ने गरेको छु, यो माग कसको हो, पाँच नम्बर प्रदेशलाई किन छुट्याउनुपर्छ, यसबाट के प्राप्त हुन्छ, यी प्रश्नको उत्तर बिना आएको यो मागको सर्मथन कसरी गर्ने ।’

ओलीले प्रदेश नम्बर ५ लाई कुनै पनि हालतमा छुट्याउन नसकिने उल्लेख गर्दै यस्ता मागका पछाडि नलाग्न सबैलाई आग्रह समेत गरे । यस्तै, ओलीले कुनै पनि मुलुकमा अङ्गिकृत नागरिकताधारीले संवैधानिक अङ्गको प्रमुख बन्न पाउने प्रावधान नभएकाले नेपालमा पनि अङ्गिकृत नागरिकलाई संवैधानिक अङ्गको प्रमुख बनाउन नसकिने सुनाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ