arrow

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा जनमोर्चाले मतदान नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
tulbahadur-bishwakarma-janamorcha-rastriyasabha.jpg

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ । 

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनै पनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् । 

बैठकका अध्यक्ष पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल र नेपाली कांगेसका तर्फबाट युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ