arrow

रेशमसँगको टकराब, परिवार फुट्दैन -रञ्जिता

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
resham chaudhary.jpg

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रूपमा विचार नमिलेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयबाट विवाद शुरु भएको छ । 

रेशमको आग्रह विपरीत ह्विप जारी गरेकी प्रचण्डलाई रञ्जिताले विश्वासको मत पनि दिइन् । यसले नागरिक उन्मुक्तिको विवाद पार्टीका संस्थापक रेशम चौधरी र उनकी पत्नी अध्यक्ष रञ्जिता श्रेष्ठबीचको टकराब भएको देखाउँछ । 

अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान् रेशम चौधरीसँग पार्टीगत रूपमा विचार नमिलेको बताएकी हुन् । उनले भनिन् – ‘मन्त्री खानको लागि विश्वासको मत दिएको भए त मन्त्री भइसकेपछि विश्वासको मत दिन्थेँ होला नि । मन्त्री हुनुभन्दा अगाडी नै दिएको छु । मन्त्री पाउनका लागि विश्वासको मत दिएको होइन । पार्टी छुट्टै कुरा हो । परिवार छुट्टै कुरा हो । परिवारमा हाम्रो त्यस्तो केही पनि छैन । पार्टीगत रूपमा एकै विचारको व्यक्ति मात्र हुँदैन । विभिन्न विचारका व्यक्तिहरू हाम्रो पार्टीमा जोडिनु भएको छ र आफ्नो विचार राख्दा खेरी फरक फरक मत आउनु स्वाभाविक नै हो । रेशम पार्टीको संस्थापक र जन्मदाता हुनुहुन्छ । पार्टीको महाधिवेशन गरेर उनलाई सर्वसम्मत रूपमा अध्यक्ष स्वीकारेको पनि हो । त्यसपश्चात् जुन निर्वाचन आयोगले आफ्नो निर्णय दिनुभयो । त्यसमा पनि रेशमजीले स्विकारिसक्नु भएको छ । किनभने विधि, विधान कानुनभन्दा माथि कोही पनि हुँदैन । रेशमजीले कानुनलाई स्वीकार गरेर जुन निर्वाचन आयोगले जुन अस्वीकार गरेको । परिवार फुट्दैन । म आफू सँगै छु नि स्टाटस लेख्दा । पार्टीगत रूपमा हाम्रो मत फरक हो ।’

२०७२ सालको भदौमा भएको टीकापुर घटनाका दोषी चौधरीलाई जिल्ला, उच्च र सर्वोच्च अदालतले नै दोषी ठहर गरी जन्मकैदको सजाय गरी केन्द्रीय कारागार डिल्लीबजारमा सजाय काटिरहेकामा सरकारले आममाफी दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ