arrow

गोविन्द केसीको माग सम्बोधनमा दबाब दिन बालुवाटार घेराउ

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
GKC-news-aaja.jpeg

काठमाडौं । विभिन्न ९ बुँदे माग राखेर १०औंपटक आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा बालुवाटार घेराउ भएको छ । विवेकशील नेपाली पार्टीको आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा घेराउ भएको हो ।

नारावाजीसहित घेराउ गर्न पुगेकाहरुले डा. केसीका अविलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । शिक्षा र स्वास्थ्यजस्तो जनताका मौलिक अधिकारप्रति सरकारले कुठाराघात गर्न खोजेको आरोप उनीहरुले लगाएका छन् ।

नवौं अनसनमा अख्तियार प्रमुखमाथिको महाभियोगलाई मुख्य मुद्दा बनाएका केसीले यसपटक भने त्रिभुवन विश्व विद्यालयका उपकुलपति तीर्थ खनियाको राजीनामालाई मुख्य मुद्दा बनाएका छन् ।

खनियाले केसीको माग विपरीत गत साता त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिन नियुक्त गरेपछि केसीले उनको राजीनामा माग गरेका हुन् ।

यस्तै, धर्नामा सहभागि भएकाहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गर्नेहरुलाई तत्काल कारबाही गर्न समेत माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ