arrow

पार्टी एकिकरण सिद्धान्तको विसर्जन होइन : कमल थापा

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
kamal-thapa-new-voice.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न पार्टी एकिकरण सिद्धान्तको विसर्जन नभएको प्रष्ट्याएका छन् ।

थापाले ट्वीट गर्दै भनेका छन्, ‘पार्टी एकता सिद्धान्तके विसर्जन होइन, नीति र आदर्शलाई थप सुदृढ तुल्याउने बर बलियो बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने दह्रो पाइला हो ।’ राप्रपा नेपाल र पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीचको पार्टी एकता सोमबार घोषणा हुँदैछ ।

पछिल्लो समय राप्रपाको एकिकरणलाई लिएर विभिन्न टिका टिप्पणी भएपछि थापाले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

यसअघि गएको साउनमा हुन लागेको पार्टी एकता राप्रपा वर्तमान सरकारमा गएपछि र आन्तरिक समायोजन नमिलेपछि हुन सकेको थिएन । अब एकिकरणपछि राप्रपा नेपाल समेत वर्तमान माओवादी केन्द्र र कांग्रेस गठबन्धनमा जोडिने बताइँदैछ ।

पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकिकरणको वातावण बनाउने पार्टी कार्यकर्ता, शुभचिन्तक र संचारमाध्यमलाई धन्यवाद दिएका छन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ